सिन्धुलीमा एसबीआई बैंक लुटियो, तीन करोड बोरामा हालेर भागेका लुटेरा खोज्दै प्रहरी
काठमाडौं : लुटेरा समूहले सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको एसबिआई बैंकको तीन करोड रकम लुटेका छन्। हतियारसहित आएको समूहले बैकको सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर साँझ ७ बजे रकम लिएर भागेका हुन्।
प्रहरीले बैंक लुट्न प्रयोग भएको गाडी र चालकसँगै बोरामा पैसा समेत फेला पारेको छ। तर रकम एकिन भएको छैन।
बैकबाट तीन करोड सात लाख रुपैयाँ लुटिएको बताइएको छ। हतियारसहित आएको लुटेरा समूहले बैंकका कर्मचारी र सुरक्षागार्डको हातखुट्टा बाँधेर पेस्तोल देखाएर लुटपाट गरेका थिए।
नियन्त्रणमा लिएको सवारीसाधन र पैसा इलाका प्रहरी कार्यालय बस्तीपुरमा राखिएको छ। लुटेरा समूह जङ्गलतिर भागेको सूचनापछि प्रहरीले सर्च अप्रेसन चलाइरहेको छ।
पुष २९, २०८२ मंगलबार २३:३०:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।