बुटवलमा अन्तर्राष्ट्रिय पाँचतारे होटल ‘हायात प्लेस’को भव्य सुरुवात

बुटवलमा अन्तर्राष्ट्रिय पाँचतारे होटल ‘हायात प्लेस’को भव्य सुरुवात

बुटवल : लुम्बिनी प्रदेशको आर्थिक केन्द्र बुटवलमा पहिलो अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल ‘हायात प्लेस’ले आफ्नो सेवा सुरु गरेको छ।

हालै 'न्यु इयर्स इभ'को भव्य आयोजनासँगै सञ्चालनमा आएको होटलले पश्चिम नेपालको हस्पिटालिटी क्षेत्रमा विश्वस्तरीय मापदण्ड र प्रिमियम जीवनशैली भित्र्याएको छ।

महेन्द्र र सिद्धार्थ राजमार्गको संगमस्थल तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रणनीतिक स्थानमा रहेको हायात प्लेसले व्यापारिक यात्री र पर्यटकहरूलाई लक्षित गरेको छ। होटलका जनरल म्यानेजर तुषार नगरका अनुसार यस क्षेत्रको तीव्र औद्योगिक विकास र अन्तर्राष्ट्रिय हवाई सम्पर्कका कारण बढ्दो उच्चस्तरीय आवासको मागलाई होटलले सम्बोधन गर्नेछ।

यस होटलको आगमनसँगै बुटवल केवल 'ट्रान्जिट सहर' मा मात्र सीमित नभई एक प्रमुख व्यापारिक र पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने विश्वास गरिएको छ। हायात प्लेसले लुम्बिनी भ्रमणमा आउने तीर्थयात्री र कर्पोरेट क्षेत्रका यात्रीहरूलाई अतुलनीय आराम र अन्तर्राष्ट्रिय स्तरको आतिथ्यता प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

होटलले अत्याधुनिक आउटडोर स्विमिङ पुल, स्वास्थ्यप्रति सचेत पाहुनाका लागि सुविधा सम्पन्न फिटनेस सेन्टर र विशिष्ट स्वादका परिकारहरू पस्किने परिष्कृत डाइनिङ सेवा दिइरहेको छ।  

पुष २९, २०८२ मंगलबार १८:२९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।