फिल्म ‘रोल नं. १’को म्याग्दीमा छायांकन

फिल्म ‘रोल नं. १’को म्याग्दीमा छायांकन

काठमाडौं : सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र ‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न भएको छ। म्याग्दीका विभिन्न ग्रामीण भेगमा ४२ दिन लगाएर चलचित्रको मुख्य हिस्सा खिचिएको हो।

निर्माता विनोद पौडेलका अनुसार, प्रतिकूल मौसम र हिमाली भेगको अत्यधिक चिसोको सास्तीका बाबजुद निर्धारित ४५ दिनको तालिकाभन्दा अगावै पहिलो चरणको काम सकिएको छ। अब केही दिनको विश्रामपछि काठमाडौंमा बाँकी दृश्यको छायांकन सुरु हुनेछ।

जोन योञ्जनको लेखन तथा निर्देशन रहेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, निर्भिक रेग्मी लगायतका कलाकारहरूको अभिनय रहेको छ। बाल शिक्षा र मनोविज्ञान जस्तो गम्भीर विषयलाई उठान गरेको फिल्मको प्रदर्शन मिति भने पोस्ट-प्रोडक्सनको काम सकिएपछि मात्र घोषणा गरिने निर्माण टिमले जनाएको छ।

पुष २९, २०८२ मंगलबार १७:५४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।