‘परिवर्तन’को ट्रेलर सार्वजनिक, एक्सन अवतारमा सुशील

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, एक्सन अवतारमा सुशील

काठमाडौं : आगामी माघ ९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘परिवर्तन’को ट्रेलर सार्वजनिक गरिएको छ। दिव्यासी फिल्म्सको ब्यानरमा निर्मित ‘परिवर्तन’ एक्सन-सस्पेन्स विधामा आधारित छ।

सार्वजनिक ट्रेलरमा अभिनेता सुशील श्रेष्ठलाई सशक्त एक्सन अवतारमा प्रस्तुत गरिएको छ भने अभिनेत्री अञ्जना बराइली प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिएकी छन्। ट्रेलरले सत्ता प्राप्तिका लागि नेताहरूले अपनाउने हथकण्डा र त्यसबाट सिर्जित द्वन्द्वलाई मुख्य विषयवस्तु बनाएको छ।

निर्देशक विजय केरुङले ट्रेलरले फिल्मको मूल मर्म बोकेको बताउँदै एक्सनका साथै सामाजिक सन्देश पनि फिल्ममा रहेको उल्लेख गरे। आरआर फिल्म्सले वितरण गर्ने फिल्म परिवर्तनको ‘पाकेको चिउरी’ बोलको गीत यसअघि नै चर्चामा छ।

पुष २९, २०८२ मंगलबार १७:४५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।