गायक यम बरालका ३ नयाँ गीत सार्वजनिक
काठमाडौं : गायक यम बरालका तीन नयाँ गीतहरू सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएका गीतहरूमा ‘यो साँझ फेरि’, ‘जुन र सुनको’ र ‘टेण्डर माया’ रहेका छन्।
३५ वर्षदेखि अनवरत रूपमा सांगीतिक क्षेत्रमा सक्रिय गायक बरालले आफू सस्तो प्रचार (फण्डा) मा भन्दा सङ्गीतको साधना र कर्ममा विश्वास गर्ने बताए। लामो समयपछि मूलधारको सङ्गीतमा फर्किएका बरालको गायकीको कार्यक्रममा उपस्थित वक्ताहरूले खुलेर प्रशंसा गरे।
कार्यक्रमका प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले यम बरालको आवाज आफ्नो प्रिय आवाजमध्ये एक रहेको बताए। उनले सङ्गीतकार शंकर थापा ‘स्माइल’ को सिर्जनाको प्रशंसा गर्दै उनीसँग काम गर्ने इच्छा समेत व्यक्त गरे।
पुष २९, २०८२ मंगलबार १७:३७:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।