कांग्रेस विशेष महाधिवेशन : सभापतिको मनोनयन दर्ता शुल्क ३० हजार, अरुको कति?
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता शुल्क निर्धारण गरिएको छ।
वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन समितिले मंगलबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि लाग्ने मनोनयन दस्तुर सार्वजनिक गरेको हो।
सार्वजनिक शुल्क विवरण अनुसार सभापति पदमा उम्मेदवारी दिन चाहनेले ३० हजार रुपैयाँ बुझाउनुपर्नेछ।
यस्तै, केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ शुल्क तोकिएको छ। सह-महामन्त्री पदका उम्मेदवारले २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ मनोनयन शुल्क बुझाउनुपर्ने निर्वाचन समितिले जनाएको छ।
यो शुल्क ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन निर्वाचन निर्देशिका, २०८२’ को अनुसूची ७ बमोजिम निर्धारण गरिएको समितिले जनाएको छ। आजै दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ।
पुष २९, २०८२ मंगलबार १३:३९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।