विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया सुरू
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।
विशेष महाधिवेशनबाट नवगठित केन्द्रीय निर्वाचन समितिले मंगलबार एक सूचना जारी गर्दै निर्वाचन प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो।
वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा रहेको निर्वाचन समितिको मंगलबार बसेको बैठकले पार्टीको विधान २०१७ (संशोधन सहित), नियमावली २०७६, विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२ र निर्वाचन निर्देशिका २०८२ बमोजिम निर्वाचन प्रक्रिया सुरु गरेको हो।
समितिका संयोजक केसीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनबाट निर्वाचित हुने नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन आज मिति २०८२।०९।२९ गतेका दिन काठमाडौं जिल्ला भृकुटीमण्डपमा सम्पन्न हुने गरी प्रक्रिया अगाडि बढाइएको छ।’
संस्थापन पक्षसँग वार्ता निष्कर्षविहीन हुँदा भृकुटीमण्डपमा भने निर्वाचन समितिले धमाधम काम अगाडि बढाएको हो।

पुष २९, २०८२ मंगलबार १३:१८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।