चितवनमा १०० भन्दा बढी ‘नामी’ गुड्दाको उत्सव : डोङफेङको विशेष सेलिब्रेशन ड्राइभ सम्पन्न

चितवनमा १०० भन्दा बढी ‘नामी’ गुड्दाको उत्सव : डोङफेङको विशेष सेलिब्रेशन ड्राइभ सम्पन्न

चितवन : नेपालका लागि डोङफेङ इलेक्ट्रिक गाडीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले चितवनका सडकमा १०० भन्दा बढी नामी गाडी गुडेको खुसियालीमा विशेष ‘नामी सेलिब्रेशन ड्राइभ’ आयोजना गरेको छ।

आइतबार आयोजित उक्त ड्राइभमा ८० भन्दा बढी ‘नामी बक्स’ र ‘नामी भिगो’ गाडीको सहभागिता थियो।

भरतपुरको चितवन बिजनेस कम्प्लेक्सबाट सुरु भएको र्याली बाइपास रोड, पुल्चोक, चौबिसकोटी हुँदै सौराहाको होटल सेभेन स्टारमा पुगेर समापन भएको थियो।

एमएडब्लु वृद्धि र चितवनको आधिकारिक डिलर युरो अटोमोटिभ्सका प्रतिनिधिहरूले संयुक्त रूपमा उद्घाटन गरेको उक्त कार्यक्रममा सहभागीहरूका लागि सांगीतिक प्रस्तुति, खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिएको थियो।

यो उत्सवले चितवनमा स्मार्ट विद्युतीय मोबिलिटीप्रति बढ्दो आकर्षण र बलियो ग्राहक समुदाय निर्माण गर्ने कम्पनीको प्रतिबद्धता झल्काएको आयोजकले जनाएको छ।

यसै अवसरमा एमएडब्लु वृद्धि र युरो अटोमोटिभ्सले पुस २७ देखि २९ गतेसम्म विशेष ‘टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प’ सञ्चालन गरिरहेका छन्।

क्याम्पमा नामी भिगो र नामी बक्स खरिदमा आकर्षक नगद छुट, निःशुल्क ७ किलोवाटको फास्ट चार्जर तथा ३.५ किलोवाटको पोर्टेबल चार्जर र अटो प्लस बीमाको सुविधा उपलब्ध छ।

साथै, पुराना गाडीको उत्कृष्ट मूल्याङ्कन (एक्सचेन्ज) र प्रत्येक टेस्ट ड्राइभमा निश्चित उपहारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

पुष २९, २०८२ मंगलबार १०:२०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।