हत्यामा संलग्न दुई जना पक्राउ

हत्यामा संलग्न दुई जना पक्राउ

सिन्धुली : जिल्लाको तिनपाटन गाउँपालिका-३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको हत्यामा  संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार यही पुस ८ गते राति बुढाथोकीको हत्या भएको थियो। घटनामा संलग्न रहेको अभियोगमा  तिनपाटन गाउँपालिका-३ का ३० वर्षीय दीपक भन्ने शान्तिबहादुर बुढाथोकी र २९ वर्षीय चुक्तबहादुर कटुवाललाई पक्राउ गरिएको हो।

जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई थप अनुसन्धान अगाडि बढाइएको सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। 

पुष २८, २०८२ सोमबार २१:१८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।