राष्ट्रपति पौडेलले बोलाए राष्ट्रियसभाको अधिवेशन

राष्ट्रपति पौडेलले बोलाए राष्ट्रियसभाको अधिवेशन

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन्।

सरकारको सिफारिसमा उनले आगामी माघ ४ गते आइतबारका दिन ११ बजेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गरे। 

उनले सोमबार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको रास्ट्रपतिको कार्यालयले जनाएको छ।

पुष २८, २०८२ सोमबार १८:०५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।