कांग्रेस महाधिवेशन प्रतिनिधि : ५६ प्रतिशतको नाम दर्ता, साँझसम्म ७० प्रतिशत पुग्ने दाबी

कांग्रेस महाधिवेशन प्रतिनिधि : ५६ प्रतिशतको नाम दर्ता, साँझसम्म ७० प्रतिशत पुग्ने दाबी

काठमाडौं : नेपाली कांग्रेसको जारी भेलामा सहभागी हुन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता कार्य उत्साहजनक रूपमा भइरहेको छ।

महाधिवेशन सचिवालयका अनुसार हालसम्म ५६ प्रतिशत प्रतिनिधिले आफ्नो नाम दर्ता गराइसकेका छन्।

नाम दर्ता प्रक्रिया अझै जारी रहेकोले यो सङ्ख्या बढ्ने सचिवालयले जनाएको छ।

सचिवालय स्रोतले उकेरासँग भन्यो, ‘अहिलेसम्म ५६ प्रतिशत पुगेको छ। बाँकी प्रतिनिधिहरू पनि आउँदै हुनुहुन्छ। दिनभरिमा ७० प्रतिशत पुग्ने हाम्रो अनुमान छ।’

कांग्रेसको १४औं महाधिवेशनमा कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका थिए।

सोही सङ्ख्यालाई आधार मानेर अहिले प्रतिनिधिहरूको उपस्थिति र नाम दर्ता भइरहेको छ।

पुष २८, २०८२ सोमबार ११:३३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।