कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज, नौ समूहमा विभाजन गरी छलफल हुने
काठमाडौं : नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको बन्दसत्र सोमबार हुँदैछ। आइतबारदेखि भृकुटीमण्डपमा सुरू भएको भेलाको बन्दसत्र केहीबेरमा सुरु हुन लागेको हो।
विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि आचार्यका अनुसार बन्दसत्रको अध्यक्षता उपस्थित प्रतिनिधिमध्येका ज्येष्ठ सदस्यले गर्ने कार्यक्रम रहेको छ।
संयोजक आचार्यका अनुसार, बन्दसत्रको सुरुमा विशेष महाधिवेशनका लागि तयार पारिएको ‘कार्यविधि’ पेश गरी पारित गरिनेछ।
कार्यविधि पारित भएपछि सहभागीहरूलाई विभिन्न ९ वटा समूहमा विभाजन गरेर छलफल गराइनेछ। सातवटा प्रदेश, उपत्यका र भ्रातृ तथा शुभेच्छुक एवम् जनसम्पर्क समितिका गरी छुट्टाछुट्टै ९ समूह बनाइनेछ।
ती समूहहरूमा पार्टीको नीति, नियम, विधान तथा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा गहन छलफल हुने जनाइएको छ।
पुष २८, २०८२ सोमबार ०९:२९:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।