आजको मौसम : पहाड र हिमालमा घाम, तराईमा हुस्सुको प्रभाव
काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। तर, तराईका केही स्थानहरूमा भने हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
आज राति पनि पहाडी र हिमाली क्षेत्रको मौसम सफा नै रहनेछ। तराईका केही भू-भागमा भने राति पनि हुस्सु कायमै रहने महाशाखाले जनाएको छ।
पश्चिमी वायुको प्रभावका कारण तराईमा हुस्सु देखिए पनि अन्य क्षेत्रमा भने मौसम सफा भई घाम लाग्ने देखिन्छ।
पुष २८, २०८२ सोमबार ०८:११:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।