प्रतिनिधि सभा निर्वाचनका लागि माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै
काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने उद्देश्यले आयोगले आचारसंहिता लागू गर्ने अन्तिम तयारी पूरा गरेको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आचारसंहितामा सरकारी तथा गैरसरकारी निकाय, राजनीतिक दल र अन्य सरोकारवालाहरूले पालना गर्नुपर्ने नियमहरू स्पष्ट रूपमा तोकिएको छ।
निर्वाचनको तयारीका विषयमा आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार प्रधानमन्त्री कार्कीलाई भेटी निर्वाचन सामग्रीको छपाई, जनशक्ति व्यवस्थापन तथा सुरक्षा प्रबन्धलगायत हालसम्मको प्रगतिबारे जानकारी गराएका हुन्।
आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गर्न सरकार र सरोकारवाला निकायको भूमिका महत्त्वपूर्ण हुने आयोगले जनाएको छ। निर्वाचन आउन अब ५४ दिन बाँकी छ।
पुष २६, २०८२ शनिबार १०:५५:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।