विशेष महाधिवेशनबारे धारणा सार्वजनिक गर्दै चन्द्र भण्डारी र सुनील शर्मा

विशेष महाधिवेशनबारे धारणा सार्वजनिक गर्दै चन्द्र भण्डारी र सुनील शर्मा

काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र सुनील शर्माले पार्टीको विशेष महाधिवेशनका विषयमा आज आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दैछन्।

यसका लागि शनिबार बिहान ११:३० बजे पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्यान्डमा पत्रकार सम्मेलन आयोजना गरिएको छ।

विशेष महाधिवेशन बोलाउनुपर्ने पक्ष र संस्थापन पक्षबीच सहमति जुटाउन नेता भण्डारीले पछिल्लो समय मध्यमार्गी भूमिका निर्वाह गर्दै आएका थिए।

तर, दुवै पक्षबीच समझदारी जुटाउने उनको प्रयत्न निष्कर्षमा नपुगेपछि भण्डारीले आज आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन्।

यसअघि मध्यस्थताको प्रयासमा रहेका भण्डारी विशेष महाधिवेशनको पक्षमा खुल्छन् वा खुल्दैनन् भन्ने विषय आजको पत्रकार सम्मेलनबाटै प्रस्ट हुने बताइएको छ।

पुष २६, २०८२ शनिबार १०:२३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।