अमेरिकाको पोर्टल्याण्डमा संघीय एजेन्टको गोली लागेर दुई जना घाइते, ‘भेनेजुएला ग्याङ’ भएको दाबी

अमेरिकाको पोर्टल्याण्डमा संघीय एजेन्टको गोली लागेर दुई जना घाइते, ‘भेनेजुएला ग्याङ’ भएको दाबी

एजेन्सी : अमेरिकाको ओरेगन राज्यस्थित पोर्टल्याण्डमा संघीय एजेन्टहरू (फेडेरल एजेन्ट) संलग्न भएको एक गोलीबारीको घटनामा दुई जना घाइते भएका छन्।

अमेरिकी अधिकारीहरूका अनुसार गोली लागेर घाइते हुनेमा एक पुरुष र एक महिला छन्।

स्थानीय प्रहरी विभागले विज्ञप्ति जारी गर्दै उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको जनाएको छ, यद्यपि उनीहरूको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी खुलिसकेको छैन।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस) का अनुसार यो घटना स्थानीय समयअनुसार दिउँसो २:१९ बजे भएको हो।

भेनेजुएलाका एक ‘ग्याङ’ सदस्यलाई ट्राफिक चेकजाँचमा रोक्ने क्रममा उनले एजेन्टहरूलाई आफ्नो गाडीले कुल्चिने प्रयास गरेपछि गोली चलेको बताइएको छ।

मिनियापोलिसमा एक संघीय एजेन्टको गोली प्रहारबाट एक महिलाको मृत्यु भएको भोलिपल्टै यो घटना भएको हो।

पछिल्ला घटनाहरूसँगै अहिले अमेरिकाका विभिन्न शहरहरूमा संघीय कानून कार्यान्वयन गर्ने निकायहरूको कारबाहीविरुद्ध विरोध प्रदर्शन सुरु भएको छ।

पुष २५, २०८२ शुक्रबार ०८:२५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।