आजको मौसम : तराईमा मध्यान्हसम्म हुस्सु, पश्चिमी वायुको प्रभाव कायमै
काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको प्रभाव देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ भने तराईका धेरै स्थानमा हुस्सु लागेको छ।
महाशाखाले आज दिउँसो तराईका अधिकांश स्थानमा मध्यान्हसम्म हुस्सु र कुहिरो कायमै रहने जनाएको छ।
यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने र बाँकी पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ। राति देशका पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
पुष २५, २०८२ शुक्रबार ०८:०८:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।