जेनजीलाई राज्यको मूलधारमा ल्याइएको दाबी, गृहमन्त्री भन्छन्- ‘परिवर्तन स्वीकारे हिंसा दोहोरिँदैन’

जेनजीलाई राज्यको मूलधारमा ल्याइएको दाबी, गृहमन्त्री भन्छन्- ‘परिवर्तन स्वीकारे हिंसा दोहोरिँदैन’

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्तालाई भोट हाल्न पाउने र राज्यको मूलधारमा आउने वातावरण बनाइएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा उनले जेनजी पुस्ताहरूको एजेण्डा सरकारको राजनीतिक रोडम्याप भएको बताए। 

उनले भने,‘जेनजी पुस्ताहरूको एजेण्डा सरकारको राजनीतिक रोडम्याप हो। जेनजीका मुद्दा छलफल हुँदाखेरि जेनजी स्वतः यो छलफलको आधी हिस्सा हो। किनकि सरकारसँग जेनजीले सम्झौता गरेको छ। जेनजी पुस्तालाई एउटा महत्त्वपूर्ण स्टेक होल्डर मानेको अवस्थामा सबैलाई लाभ नै लाभ छ। त्यसकारण परिवर्तनलाई स्वीकारर्नुपर्छ, अनि मात्र हिंसा दोहोरिँदैन।’

संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताउँदै उनले निर्वाचन सुरक्षित र निष्पक्ष रूपमा सम्पन्न हुने दाबी गरे। संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वको लागि निर्वाचन अनिवार्य भएको उनको भनाई छ। 

“मानवअधिकार र पीडितको पक्षमा सधैँ लाग्नेछु। दण्डहीनताका पक्षमा म छैन, मुलुक कालोसूचीमा पर्ने गरी दण्डहीनतालाई प्रश्रय दिइँदैन,” अर्यालले भने। निर्वाचनको सुरक्षाका लागि सरकारले सबै व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे। 

पुष २४, २०८२ बिहीबार १५:३२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।