लिङ्देन र लामिछानेबीचको भेटवार्तामा के कुराकानी भयो?

लिङ्देन र लामिछानेबीचको भेटवार्तामा के कुराकानी भयो?

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्।

बिहीबार बिहान हात्तिगौंडास्थित लामिछाने निवास पुगेर अध्यक्ष लिङ्देनले भेटवार्ता गरेका हुन्।

भेटमा अध्यक्ष लिङ्देनले पुस २७ गते राप्रपाले मनाउन लागेको ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना आदानप्रदान तथा औपचारिक कार्यक्रमको निमन्त्रणा दिइएको ​​​​राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार भेटका क्रममा समसामयिक राजनीति र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका विषयमा पनि दुई नेताबीच छलफल भएको थियो।

अध्यक्ष लिङ्देनले यसअघि बुधबार राति गुन्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेर पृथ्वी जयन्तीको कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा दिएका थिए।

राप्रपाले हरेक वर्ष पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा विशेष कार्यक्रम गरी मनाउँदै आएको छ।

पुष २४, २०८२ बिहीबार ११:२५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।