सुनको भाउ तोलामा दुई हजारले घट्यो, चाँदी पनि सस्तियो

सुनको भाउ तोलामा दुई हजारले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेर दुई लाख ६५ हजार सात सय रुपैयाँ कायम भएको छ।

यसअघि बुधबार सुन तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ६७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो दुई दिनमा मात्रै सुनको भाउ प्रतितोला दुई हजार चार सय रुपैयाँले घटेको छ।

सुनको मूल्यमा पछिल्लो समय निकै उतारचढाव देखिएको छ। गत साता १३ हजार एक सय रुपैयाँले घटेको सुन सोमबार र मंगलबार गरी सात हजार सात सय रुपैयाँले बढेको थियो। गत पुस १३ गते सुनको मूल्य हालसम्मकै उच्च दुई लाख ७० हजार छ सय रुपैयाँ पुगेको थियो।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा एक सय रुपैयाँले घटेर चार हजार आठ सय ३५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी हालसम्मकै उच्च बिन्दु चार हजार नौ सय ३५ रुपैयाँमा पुगेको थियो।

पुष २४, २०८२ बिहीबार ११:१२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।