महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले लिए सपथ

महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले लिए सपथ

काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनीयताको सपथ लिएका छन्।

उपाध्यायले बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रसमक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम सपथ ग्रहण गरेका हुन्।

सपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लगायत अन्य पदाधिकारीहरूको उपस्थिति थियो।

बैंकको हालै सम्पन्न २४ औं वार्षिक साधारण सभाले उपाध्यायको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको थियो।

साथै, सोही सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ।

पुष २४, २०८२ बिहीबार ११:०८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।