वानखेडे स्टेडियममा नेपालको खेल हेर्न पाउने टीसीएलको बम्पर उपहार धनगढीका पुस्कर अवस्थीलाई
काठमाडौं : टीसीएल नेपालले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने टी-२० विश्वकप अन्तर्गत नेपालको खेल प्रत्यक्ष हेर्न पाउने विशेष योजनाको पहिलो विजेता सार्वजनिक गरेको छ।
टीसीएलको ‘नेपालको शान, मुम्बईको मैदान’ योजना अन्तर्गत एसी खरिद गरेका धनगढीका पुस्कर अवस्थी पहिलो भाग्यशाली विजेता बनेका हुन्।
अवस्थीले अब ४ रात ५ दिनको मुम्बई भ्रमण प्याकेज पाउनेछन्। जसमा हवाई टिकट, होटल बसाइ र वानखेडे स्टेडियममा नेपालको खेल हेर्ने म्याच टिकट सहितको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्नेछ।
उनले धनगढीस्थित टीसीएलको आधिकारिक बिक्रेता ‘सुभेक्षा ट्रेड एण्ड सप्लायर्स’बाट सामान खरिद गरी योजनामा सहभागिता जनाएका थिए।
कम्पनीले आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव दिलाउने उद्देश्यले यो योजना ल्याएको हो।
योजना अझै जारी रहेको र यसमा सहभागी हुन टीसीएलका कुनै पनि आधिकारिक उत्पादन खरिद गरी एसएमएसमार्फत दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ।
छिटो सहभागी हुनेलाई जित्ने अवसर बढी हुने भन्दै कम्पनीले ग्राहकहरूलाई समयमै सहभागिता जनाउन आग्रह गरेको छ।
पुष २४, २०८२ बिहीबार ११:०२:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।