सीप विकासमा योगदान गरेको भन्दै नाडा र उपाध्यक्ष राजनबाबु श्रेष्ठ सम्मानित
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र यसका उपाध्यक्ष राजनबाबु श्रेष्ठलाई सम्मान गरेको छ।
प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा अटोमोबाइल क्षेत्रको सीप विकास, तालिम पाठ्यक्रम निर्माण तथा मानव संसाधन विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै नाडालाई सम्मान-पत्र प्रदान गरिएको हो।
साथै, अटोमोबाइल तालिम पाठ्यक्रम निर्माण र कार्यान्वयनमा संयोजकका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठलाई प्रशंसा-पत्रद्वारा सम्मानित गरिएको छ।
नाडाको सहकार्यमा तयार गरिएका एसेम्बलर अपरेटर तथा विद्युतीय सवारी मर्मत प्राविधिक जस्ता पाठ्यक्रमहरूले बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादनमा सघाउ पुर्याएको प्रतिष्ठानले जनाएको छ।
नाडाले भविष्यमा पनि सीप विकास र रोजगारी सिर्जनामा सरकारसँग सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
पुष २४, २०८२ बिहीबार १०:५७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।