टोखाकी लुना ज्ञवालीले जितिन् मुम्बईमा नेपालको खेल हेर्न पाउने ‘गोदरेज’को बम्पर उपहार
काठमाडौं : गोदरेज नेपालले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने टी-२० विश्वकप अन्तर्गत नेपालको खेल प्रत्यक्ष हेर्न पाउने विशेष योजनाको पहिलो विजेता सार्वजनिक गरेको छ।
गोदरेजको वासिङ मेसिन खरिद गरेकी काठमाडौँ, टोखाकी लुना ज्ञवाली यस योजनाको पहिलो भाग्यशाली विजेता बनेकी हुन्।
ज्ञवालीले अब ४ रात ५ दिनको मुम्बई भ्रमण प्याकेज पाउनेछिन्, जसमा हवाई टिकट, होटल बसाइ र वानखेडे स्टेडियममा नेपालको खेल हेर्ने म्याच टिकट सहितको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्नेछ।
उनले गोदरेजको आधिकारिक विक्रेता ‘खाडादेवी इलेक्ट्रोनिक्स’ बाट सामान खरिद गरी योजनामा सहभागिता जनाएकी थिइन्।
कम्पनीले गत मंसिर २९ गतेदेखि आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रिय खेलकुदको अनुभव प्रदान गर्ने उद्देश्यले यो योजना सुरु गरेको थियो।
यस योजनामा सहभागी हुन गोदरेजका कुनै पनि आधिकारिक उत्पादन खरिद गरी ३१००३ मा एसएमएस पठाउनुपर्ने व्यवस्था छ।
एसएमएस गर्ने तरिका: GODREJ <space> Warranty Card No. <space> Product Name <space> Customer Name <space> Address टाइप गरी ३१००३ मा पठाउनुहोस्।
योजना अझै जारी रहेकोले गोदरेजका उत्पादन खरिद गरी छिटो सहभागिता जनाउन कम्पनीले ग्राहकहरूलाई आग्रह गरेको छ।
पुष २४, २०८२ बिहीबार ०८:३२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।