सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

ललितपुर : सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।

बुधबार ललितपुरको लामाटारस्थित अध्यक्ष लिङ्देनको निवासमै पुगेर मन्त्री खरेलले समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन्।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलका अनुसार भेटमा आसन्न निर्वाचनको वातावरण बनाउने विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो। छलफलपछि मन्त्री खरेलले निर्वाचनका लागि राप्रपा प्रतिबद्ध रहेको जानकारी दिए।

सरकारको प्रवक्ताको हैसियतमा मन्त्री खरेलले निर्वाचनको वातावरण निर्माणका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ताको क्रमलाई तीव्रता दिएका छन्। यसअघि उनले अन्य दलका नेताहरूसँग पनि निवासमै पुगेर छलफल गरेका थिए।

पुष २३, २०८२ बुधबार १२:५३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।