सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो, चाँदी भने महँगियो

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो, चाँदी भने महँगियो

काठमाडौं : नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पुस २३ गते छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो।

आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुग्दै प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर ४ हजार ९३५ रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो चार दिनको बजार भाउ हेर्दा पुस २० गते २ लाख ६० हजार ४०० रुपैयाँ रहेको सुनको मूल्य बढेर २२ गते २ लाख ६८ हजार १०० पुगेको थियो भने आज सामान्य गिरावट आएको हो।

पुष २३, २०८२ बुधबार ११:०३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।