आजको मौसम : तराईमा बाक्लो हुस्सु, पहाडी भेगमा आंशिक बदली

आजको मौसम : तराईमा बाक्लो हुस्सु, पहाडी भेगमा आंशिक बदली

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

विभागले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आज तराईका भू-भागहरूमा दिनभरजसो हुस्सु र कुहिरोको प्रभाव रहने देखिन्छ।

आज दिउँसो तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ। पहाडी भू-भागको मौसम भने सामान्यतया सफा रहनेछ।

यद्यपि, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुने र बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

आज राती पनि तराईका धेरै स्थानहरूमा हुस्सु लाग्ने क्रम जारी रहनेछ। रातीको समयमा देशका पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

तराईमा लाग्ने हुस्सु र कुहिरोका कारण चिसो बढ्न सक्ने र दृश्यता कम हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिन्छ।

पुष २३, २०८२ बुधबार ०८:१७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।