महालक्ष्मी विकास बैंकको १०.३७ प्रतिशत लाभांश पारित, अध्यक्षमा राजेश उपाध्याय चयन

महालक्ष्मी विकास बैंकको १०.३७ प्रतिशत लाभांश पारित, अध्यक्षमा राजेश उपाध्याय चयन

काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ।

सभाले शेयरधनीलाई १०.३७ प्रतिशत लाभांश (५ प्रतिशत बोनस र ५.३७ प्रतिशत नगद) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले नयाँ सञ्चालक समितिसमेत चयन गरेको छ। संस्थापक समूहबाट राजेश उपाध्याय, संजय गिरि र सागर मल्ल तथा सर्वसाधारण समूहबाट श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र शालिक राम अर्याल निर्वाचित भएका छन्।

नवनिर्वाचित सञ्चालक समितिको बैठकले राजेश उपाध्यायलाई अध्यक्षमा चयन गरेको छ।

अध्यक्ष उपाध्यायले बैंकको वित्तीय परिसूचकहरूमा सुधार आएको र आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पुष २२, २०८२ मंगलबार १२:२१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।