एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा राम कृष्ण खतिवडा नियुक्त

एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा राम कृष्ण खतिवडा नियुक्त

काठमाडौं : एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालक पदमा राम कृष्ण खतिवडा नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको बैठकले उनलाई आगामी ४ वर्षका लागि नियुक्त गरेको हो।

बैंकिङ तथा पूर्वाधार क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव संगालेका खतिवडा चार्टर्ड फाइनान्सियल एनालिष्ट तथा चार्टर्ड इकोनोमिष्ट हुन्।

उनी यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सीईओ, विद्युत नियमन आयोगको सदस्य तथा एनआईबीएल एस क्यापिटलको महाप्रबन्धक रहिसकेका छन्।

पुष २२, २०८२ मंगलबार १०:५३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।