नेपाल मेडिसिटी अस्पतालले सार्वजनिक गर्यो ‘मेडी प्रसाद’ मस्कट
काठमाडौं : नेपाल मेडिसिटी अस्पतालले आधिकारिक मस्कट ‘मेडी प्रसाद’ सार्वजनिक गरेको छ। भैंसेपाटीस्थित अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा मस्कट सार्वजनिक गरिएको हो।
अस्पतालका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको "अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा सबै नेपालीको पहुँचसम्म पुर्याउने र नेपालीहरू उपचारका लागि विदेश जानु नपर्ने" सिद्धान्तलाई आत्मसात् गर्दै अस्पतालले नयाँ पहल सुरु गरेको बताएका थिए।
नेपाललाई विश्वकै ‘मेडिकल हब’ का रूपमा विकास गर्न अस्पतालले आफ्ना सेवाहरूलाई अझ सुदृढ र सशक्त बनाउने उनले बताए।
५० प्रतिशत छुटसहित 'न्यु वेलनेस प्याकेज २०२६'
मस्कट सार्वजनिकसँगै अस्पतालले 'न्यु वेलनेस प्याकेज २०२६' समेत घोषणा गरेको छ। यस प्याकेज अन्तर्गत महिला र पुरुष दुवैका लागि विशेष स्वास्थ्य परीक्षण सुविधाहरू ल्याइएको अस्पतालले जानकारी दिएको छ।
सार्वजनिक भएको प्याकेजमा महिला र पुरुष दुवैका लागि स्वास्थ्य परीक्षण शुल्क ५ हजार ५ सयमा करिब ५० प्रतिशतसम्मको विशेष छुट समावेश गरेको छ। यो योजना सन् २०२६ जनवरी १ देखि जनवरी ३१ सम्म मात्र लागू हुने कम्पनीले जानकारी दिएको छ।
अस्पतालका सञ्चालक कृति महतोले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको गुणस्तरीय सेवालाई आम जनताको पहुँचमा पुर्याउन अस्पताल निरन्तर क्रियाशील रहने बताइन्।
पुष २१, २०८२ सोमबार १९:२४:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।