रास्वपा, नाउपा र थरुहट-थारुवान अभियन्ताबीच नौ बुँदे सहमति

रास्वपा, नाउपा र थरुहट-थारुवान अभियन्ताबीच नौ बुँदे सहमति

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष रहिसकेका दामोदर पण्डित, थरुहट/थारुवान् अभियन्ता लक्ष्मण थारुसहितका नेता तथा अभियन्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। रास्वपासँग नौ बुँदे समायोजन सहमति गरेर उनीहरू पार्टी प्रवेश गरेका छन्।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित बृहत् राजनीतिक समायोजन घोषणा सभामा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, नाउपाका वरिष्ठ उपाध्यक्ष पण्डित तथा थरुहट-थारुवान अभियन्ता थारु र सुरेन्द्र चौधरीले समायोजनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरे।

रास्वपाले टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्विकार्दै आफ्नो नेतृत्वमा संघीय सरकार निर्माण भएपछि शान्ति, सुरक्षा सुधारसँग सम्बन्धित सबै उच्चस्तरीय आयोगका सिफारिसहरूको उचित कार्यान्वयन गर्ने सहमति पत्रमा उल्लेख छ।

त्यस्तै सहमतिमा निजामती, न्यायिक, प्रहरीलगायत सबै सरकारी सेवामा आरक्षित वर्गका लागि तोकिएका अनुपातमा थारुहरूको आरक्षण व्यवस्था अभ्यास पूर्णतः लागू गर्नेलगायत उल्लेख छ। सहमति पत्रमा रास्वपाका तर्फबाट उपसभापति डोलप्रसाद अर्यालले हस्ताक्षर गरेका छन्।


 

पुष २१, २०८२ सोमबार १७:१३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।