भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई ट्रम्पको चेतावनी : अमेरिकाले भनेको नमाने मदुरोकै जस्तो हालत हुनसक्छ

भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई ट्रम्पको चेतावनी : अमेरिकाले भनेको नमाने मदुरोकै जस्तो हालत हुनसक्छ

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकाको कुरा नमाने उनको परिणाम पनि निकोलस मदुरोको जस्तै हुनसक्ने चेतावनी दिएका छन्।

पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकी टोली रोड्रिगेजको सम्पर्कमा रहेको र उनले अमेरिकी सर्तहरू मान्नुपर्ने चेतावनी दिए। 

राष्ट्रपति निकोलस मदुरोलाई 'पक्राउ' गरेपछिको अवस्थाबारे उनले भेनेजुएलालाई फेरि सही बाटोमा ल्याउनु आफ्नो जिम्मेवारी भएको बताए। भेनेजुएला आफ्नो क्षेत्रमा पर्ने भन्दै उनले त्यहाँको तेल आपूर्तिलाई सहज बनाउनु अमेरिकाको मुख्य काम भएको उल्लेख गरे।

ट्रम्पले भेनेजुएलाको विकासका लागि ठूला तेल कम्पनीहरूले लगानी गर्नुपर्ने बताए। तर, अमेरिकाले भने त्यहाँ कुनै पनि लगानी नगर्ने र केवल जनताको मात्र ख्याल राख्ने उनको भनाइ छ।

उनले अमेरिकामा शरण लिइरहेका भेनेजुएलाका नागरिक र त्यहाँका जनताको हितलाई ख्याल राख्ने प्रतिबद्धता जनाए। 

पुष २१, २०८२ सोमबार १५:३६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।