बंगलादेश सरकारद्वारा आईपीएल प्रसारणमा प्रतिबन्ध लगाउने निर्णय
ढाका : बंगलादेशको अन्तरिम सरकारले आगामी मार्च २६ देखि सुरू हुन लागेको इन्डियन प्रिमियर लिग (आईपीएल)को प्रसारणमा रोक लगाउने निर्णय गरेको छ।
सोमबार बंगलादेशको सूचना तथा प्रसारण मन्त्रालयको टिभी-२ शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।
मन्त्रालयले भारतीय क्रिकेट कन्ट्रोल बोर्डको निर्देशनमा बंगलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई कोलकाता नाइट राइडर्सको टोलीबाट हटाइएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सहायक सचिव मोहम्मद फिरोज खानद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मुस्ताफिजुरलाई हटाउनुको कुनै कारण खुलाइएको छैन, जसका कारण बंगलादेशका जनतामा असन्तोष र दुःख छाएको छ।’
विज्ञप्तिमा सोही सन्दर्भलाई मध्यनजर गर्दै बंगलादेशमा आईपीएलका खेलहरू प्रसारण नगर्ने निर्णय गरिएको उल्लेख छ। मन्त्रालयले यो निर्देशन सरकारी रेडियो ‘बंगलादेश बेतार’ र विभिन्न टेलिभिजन च्यानलहरूलाई पठाइसकेको छ।
पुष २१, २०८२ सोमबार १४:४२:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।