सुजुकीको सर्वाधिक फिचर भएको ‘भिक्टोरिस’ नेपालमा सार्वजनिक, कति पर्छ मूल्य?

सुजुकीको सर्वाधिक फिचर भएको ‘भिक्टोरिस’ नेपालमा सार्वजनिक, कति पर्छ मूल्य?

काठमाडौं : सुजुकी गाडीको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले नेपालमा हालसम्मकै सर्वाधिक फिचर भएको नयाँ एसयुभी ‘भिक्टोरिस’सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यो एसयुभीमा स्ट्रोङ हाइब्रिड, अलग्रिप (4x4) र १.५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल इन्जिनको विकल्प उपलब्ध छ।

सुरक्षाका लागि ५-स्टार ग्लोबल एनक्याप रेटिङ पाएको भिक्टोरिसमा लेभल-२ एडास, ६ वटा एयरब्याग (स्ट्यान्डर्ड), ३६० डिग्री क्यामेरा र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता अत्याधुनिक सुविधाहरू छन्।

यसका अन्य प्रमुख विशेषताहरूमा पानोरामिक सनरुफ, भेन्टिलेटेड सिट, १०.१ इन्चको इन्फोटेनमेन्ट सिस्टम, र ह्याड्स-फ्री स्मार्ट पावर टेलगेट रहेका छन्। यसको स्ट्रोङ हाइब्रिड मोडलले २८.६५ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ।

सिजी मोटोकर्पले लन्चिङ अफरअन्तर्गत पहिलो ५० बुकिङका लागि २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनससमेत घोषणा गरेको छ।

‘इन्डियन कार अफ द इयर २०२३’ अवार्ड जित्न सफल यो गाडीको सुरुवाती मूल्य ५८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

पुष २१, २०८२ सोमबार ११:३५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।