सुनको मूल्य एकैदिन ४६ सयले बढ्यो

सुनको मूल्य एकैदिन ४६ सयले बढ्यो

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एकैपटक ४ हजार ६ सय रुपैयाँले बढेको हो।

यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँ पुगेको छ। यसअघि अघिल्लो कारोबार दिन (आइतबार) सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ। आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर ४ हजार ६ सय ८५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार अमेरिकाले भेनेजुएलामा गरेको सैन्य आक्रमण र नियन्त्रणका कारण अन्तर्राष्ट्रिय बजार अस्थिर बन्दा सुनको भाउ आकासिएको हो।

शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजार बन्द रहने भए पनि सोमबार बजार खुल्नासाथ मूल्यमा उछाल आएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ४ सय अमेरिकी डलर नाघेको छ, जसको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो।

पुष २१, २०८२ सोमबार ११:२४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।