सुमो दुर्घटनामा ६ जनाको मृत्यु, तीन जना उपचाररत
हेटौँडा : भीमफेदी-काठमाडौं सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका– ६, जुरीखेतस्थित सडकमा आइतबार साँझ भएको सुमो गाडी दुर्घटनामा छ जनाको मृत्यु भएको छ।
काठमाडौंबाट हेटौँडा गइरहेको ना १ ज १७७८ नम्बरको सुमो गाडी दुर्घटना हुँदा घाइते भएका नौमध्ये छ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले बताए। मृतकहरूको सनाखत भने हुन सकेको छैन।
घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो। जिपमा नौ जना यात्रु रहेकोमा तीन जना यात्रुको सोही अस्पतालमा उपचार भइरहेको छ। जिप सडकबाट करिब एकसय मिटर तल खोल्सामा खसेको थियो।
पुष २०, २०८२ आइतबार २१:३१:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।