रास्वपामा बालेन र विवेकशीलका केन्द्रीय सदस्य बन्दा उज्यालोका समेटिएनन्

रास्वपामा बालेन र विवेकशीलका केन्द्रीय सदस्य बन्दा उज्यालोका समेटिएनन्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीमा बालेन शाह र विवेकशील साझाबाट केन्द्रीय सदस्यमा मनोनयनहुँदा उज्यालो नेपाल पार्टीका कुनै परेनन्। पार्टी अध्यक्ष समानुपातिकमा बसेर कुलमान घिसिङ उपसभापति हुनेगरि सातबुँदे सहमति गरे पनि अहिलेसम्म पार्टीको केन्द्रीय समितिले रास्वपासँग एकता गर्ने औपचारिक निर्णय गरेको छैन।

आइतबार बालेनसमूहबाट उनीसहित २६ जना महामन्त्री र सह-महामन्त्रीसहित केन्द्रीय सदस्यमा मनोनीत भए। आइतबार बालेन शाह, सुनिल लम्साल, भूपदेव शाह, सस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारु, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी केन्द्रीय सदस्य भए।

डा. नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैदिक, लक्ष्मी बर्देवा, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसूदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद केन्द्रीय सदस्य भए।

यसैगरि विवेकशील साझाबाट समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना केन्द्रीय सदस्यमा मनोनीत भए।

पुष २०, २०८२ आइतबार २०:५९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।