रास्वपा केन्द्रीय समितिको बैठक आइतबार

रास्वपा केन्द्रीय समितिको बैठक आइतबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ।

बैठक आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय चःमतिमा सुरु हुने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।

बैठकमा केन्द्रीय समितिका सबै सदस्यहरूको अनिवार्य उपस्थिति माग गरिएको छ। मुख्य एजेन्डामा पार्टीको समायोजन, विस्तार र सुदृढीकरणसम्बन्धी छलफल रहने बताइएको छ।

रास्वपा, ऊर्जा मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच पुस १४ गते भएको एकता पश्चात् यो पहिलो केन्द्रीय बैठक हो।

पार्टीका लागि यस बैठकलाई आगामी रणनीति निर्धारण गर्ने महत्त्वपूर्ण बैठकका रूपमा हेरिएको छ।

पुष २०, २०८२ आइतबार १०:५१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।