झापाको कनकाई पुल नजिक शङ्कास्पद वस्तु फेला, सेनाको टोली बोलाइयो
झापा : कनकाई नगरपालिका-४ स्थित पूर्व-पश्चिम राजमार्गको कनकाई पुल नजिकै शनिबार बिहान शङ्कास्पद वस्तु फेला परेको छ।
पुलको पूर्वतर्फ राजमार्गको छेउमा बेवारिसे अवस्थामा भेटिएको झोलामा प्रेसर कुकर राखिएको र बाहिर तारजस्तो वस्तु देखिएपछि स्थानीय त्रसित बनेका छन्।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार उक्त वस्तु विस्फोटक पदार्थ हो वा होइन भन्ने यकिन भइसकेको छैन।
अहिले प्रहरीले घटनास्थल क्षेत्रलाई सिलबन्दी गरेको छ। राजमार्गको अर्को छेउबाट सुरक्षित रूपमा सवारीसाधन तथा यात्रुहरूको आवागमन सुचारु गराइएको प्रजिअ गेलालले जानकारी दिए।
शङ्कास्पद वस्तुलाई डिस्पोज पार्नका लागि नेपाली सेनाको टोलीलाई खबर गरिसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए।
सेनाको टोली पुगेपछि उक्त वस्तुको पहिचान र डिस्पोज गरिने प्रहरीले जनाएको छ।
पुष १९, २०८२ शनिबार १०:००:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।