साँखुको शालिनदीमा स्वस्थानी व्रत तथा माधवनारायण मेलाको रौनक (फोटो फिचर)

साँखुको शालिनदीमा स्वस्थानी व्रत तथा माधवनारायण मेलाको रौनक (फोटो फिचर)

काठमाडौं : वैदिक सनातन धर्मावलम्बीहरूको एक महिने ‘श्रीस्वस्थानी व्रत’ तथा ‘माघ स्नान’ आजदेखि विधिवत रूपमा सुरु भएको छ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने यो पवित्र पर्वको अवसरमा काठमाडौँको साँखुस्थित ऐतिहासिक शालिनदी किनारमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ।

कठ्याङ्ग्रिँदो जाडोको पर्वाह नगरी हजारौँ व्रतालुहरूले शालिनदीको पवित्र जलमा स्नान गरी माधवनारायणको पूजा आराधना गरेका छन्। स्वस्थानी माता र माधवनारायणको दर्शन गर्नाले पाप पखालिने र मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ।

शालिनदी परिसरमा एक महिनासम्म चल्ने मेलामा भक्तजनहरूले नदीमा स्नान गर्ने, बालुवाको शिवलिङ्ग बनाई पूजा गर्ने र स्वस्थानीको कथा श्रवण गर्ने परम्परा छ।

विशेषगरी रातो वस्त्रमा सजिएका महिला व्रतालुहरूको उपस्थिति र उनीहरूको भक्तिभावले शालिनदी क्षेत्रको वातावरण आध्यात्मिक बनेको छ।

शालिनदी स्थित ऐतिहासिक र कलात्मक श्रीस्वस्थानी माताको मन्दिर र आसपासको चहलपहल।

मन्दिर परिसरमा श्रद्धापूर्वक दियो बालेर पूजा आराधना गर्दै भक्तजनहरू।

नदीको चिसो पानीमा डुबुल्की मारेर आस्थाका साथ स्नान गर्दै व्रतालु महिलाहरू।

माधवनारायणको प्रतिमालाई काँधमा बोकेर परिक्रमा गराउँदै पुजारी तथा व्रतालुहरू।

हातमा धुपबत्ती लिएर देउतालाई अर्घ्य दिँदै गरेका भक्तजनहरू।

आफ्नो मनोकामना पूरा होस् भनी एकाग्र चित्तले प्रार्थना गरिरहेका भक्तजन।

आफ्नो मनोकामना पूरा होस् भनी एकाग्र चित्तले प्रार्थना गरिरहेका भक्तजन।

मेला भर्न देशका विभिन्न ठाउँबाट आएका मानिसहरूको बाक्लो उपस्थिति।

तस्बिर- सक्षम घिमिरे/नेपाल न्यूज बैंक

पुष १९, २०८२ शनिबार ०९:४०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।