ताप्लेजुङको फलैँचा केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प

ताप्लेजुङको फलैँचा केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं : ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर शनिबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ६ः१३ बजे ४.६ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प गएको थियो।

नेपाल भूकम्पीय जोखिमयुक्त हिमालय क्षेत्रमा पर्ने भएकाले यहाँ समय-समयमा साना तथा ठूला भूकम्प जाने गरेका छन्।

पुष १९, २०८२ शनिबार ०७:४६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।