इरानमा बढ्दो महँगीविरुद्धको प्रदर्शन हिंसात्मक हुँदा तीन जनाको मृत्यु, १७ जना घाइते
काठमाडौं : इरानमा बढ्दो महँगीको विरोधमा विगत पाँच दिनदेखि जारी प्रदर्शनले हिंसात्मक रूप लिएको छ।
देशका विभिन्न शहरमा प्रदर्शन भइरहेका बेला अजना शहरमा भएको झडपमा ३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
बिहीबार लोरेस्तान प्रान्तको अजना सहरमा प्रदर्शनकारीहरूले प्रहरी मुख्यालयमा आक्रमण गरेका थिए।
सो क्रममा आगजनीका तस्बिरहरू पनि सार्वजनिक भएका छन्। रिपोर्टहरूका अनुसार उक्त झडपमा ३ जनाको ज्यान जानुका साथै १७ जना घाइते भएका छन्।
स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र गोली प्रहार गरेको छ। बीबीसी फारसी सेवाका अनुसार एक प्रत्यक्षदर्शीले आफ्ना परिचित व्यक्तिको ओठमा गोली लागेको देखेको बताएका छन्।
ती प्रत्यक्षदर्शीले अर्का एक व्यक्तिलाई पेटमा गोली लागेको अवस्थामा र अन्य धेरैलाई घाइते भई लंगडाएर हिँडिरहेको देखेको जानकारी दिएका छन्।
पुष १८, २०८२ शुक्रबार ०८:४८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।