नाडाको नेतृत्व सर्वसम्मत चयन
काठमाडौं : सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ। निर्वाचन कार्यतालिका अनुसार आवश्यक पद सङ्ख्या बराबर मात्र उम्मेदवारी परेपछि नयाँ नेतृत्व निर्विरोध चुनिएको हो।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा १ जना, प्रदेश सदस्यमा ७ जना र साधारण सदस्यमा १७ जनाको उम्मेदवारी कायम भएको छ। साधारण सदस्यतर्फ एक जनाले उम्मेदवारी फिर्ता लिएपछि कार्यसमिति सर्वसम्मत भएको हो।
सबै पदमा निर्विरोध चयन भएसँगै आगामी पुस २५ गतेका लागि तय गरिएको मतदान कार्यक्रम रद्द गरिएको छ। निर्वाचनको औपचारिक परिणाम सोही दिन नाडा कार्यालयबाट घोषणा गरिने महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिनुभएको छ।
पुष १७, २०८२ बिहीबार १९:४२:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।