हिमालय रोडिज सिजन-७ का विजेता अनिश तामाङलाई यामाहा एफजेड भी-३ र १० लाख हस्तान्तरण

हिमालय रोडिज सिजन-७ का विजेता अनिश तामाङलाई यामाहा एफजेड भी-३ र १० लाख हस्तान्तरण

काठमाडौं : नेपालको चर्चित एडभेन्चर रियालिटी शो ‘हिमालय रोडिज सिजन-७’ का विजेता अनिश तामाङलाई पुरस्कार हस्तान्तरण गरिएको छ।

सोमबार (पुस १४) प्रसारण भएको ग्राण्ड फिनालेबाट विजेता घोषित तामाङलाई आज एक समारोहका बीच मोटरसाइकल र नगद पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रमको टाइटल स्पोन्सर यामाहा नेपालका सिइओ दीपक कुमार अग्रवालले विजेता तामाङलाई यामाहा एफजेड भी-३ मोटरसाइकल हस्तान्तरण गरे। साथै, हिमालय टीभीले उनलाई रु. १० लाख नगद पुरस्कार प्रदान गरेको छ।

झापा घर भएका २६ वर्षीय तामाङ पेसाले नेपाली सेनामा कार्यरत छन्। शारीरिक क्षमता, मानसिक दृढता र अनुशासनका कारण उनी यस सिजनको विजेता बन्न सफल भएका हुन्।

गत सेप्टेम्बर १ देखि ‘हेल अर हेभन’ थिममा सुरु भएको यस सिजनमा अनुप विक्रम शाही, प्रियंका कार्की, आशिष राना (लाहुरे) र कविता नेपाली ग्याङ लिडरका रूपमा रहेका थिए।

यामाहा नेपालले युवा सशक्तीकरण र साहसिक यात्रालाई प्रोत्साहन गर्न शोसँग सहकार्य गरेको जनाएको छ।

पुष १७, २०८२ बिहीबार १०:१५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।