टी-२० विश्वकपको ट्रफी नेपाल ल्याइँदै, अर्को वर्षको जनवरी ५ देखि तीन दिन प्रदर्शनी हुने

टी-२० विश्वकपको ट्रफी नेपाल ल्याइँदै, अर्को वर्षको जनवरी ५ देखि तीन दिन प्रदर्शनी हुने

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ को आईसीसी पुरुष टी-२० विश्वकपको ट्रफी नेपाल ल्याइने जानकारी दिएको छ। क्यानले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ट्रफी टुरको मिति सार्वजनिक गरेको हो।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार, विश्वकपको ट्रफी आगामी जनवरी ५ देखि ७, २०२६ (पुस २१ देखि २३ गते) सम्म नेपालमा रहनेछ।

भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुन लागेको टी-२० विश्वकप आगामी फेब्रुअरी ७, २०२६ देखि सुरु हुँदैछ। सोही विश्वकपको प्रचारप्रसारका क्रममा ट्रफीलाई नेपाल ल्याउन लागिएको हो।

ट्रफी नेपालमा रहँदा कुन-कुन स्थानमा लगिनेछ र कस्ता कार्यक्रमहरू हुनेछन् भन्नेबारे विस्तृत विवरण, तालिका र स्थानको जानकारी अर्को विज्ञप्तिमार्फत सार्वजनिक गरिने क्यानले जनाएको छ।

पुष १६, २०८२ बुधबार १२:२५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।