मेडिकल काउन्सिल निर्वाचन : कांग्रेस र एमाले निकट उम्मेदवारलाई पछार्दै उपाध्यक्षमा डा. कुञ्जाङ निर्वाचित

मेडिकल काउन्सिल निर्वाचन : कांग्रेस र एमाले निकट उम्मेदवारलाई पछार्दै उपाध्यक्षमा डा. कुञ्जाङ निर्वाचित

काठमाडौं : नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुञ्जाङ शेर्पा निर्वाचित भएका छन्। स्वतन्त्र उम्मेदवार डा. शेर्पाले पाँच हजार २३४ मतका प्राप्त गरे।

उनका प्रतिस्पर्धी डा. गुरुशरण साहले चार हजार ३५० र डा. अजय सिंह थापाले एक हजार ८४४ मत प्राप्त गरे। साह कांग्रेस निकट मानिछन् भने थापा एमाले निकटका हुन्। तर डा थापाले आफू एमाले निकट नभएको दाबी गरे। एक उपाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको थियो। 

त्यस्तै काउन्सिलको सदस्यमा डा. छविलाल पन्थीले सबैभन्दा धेरै चार हजार ८५७  मत ल्याएर विजय भए भने दोस्रोमा डा. सारिका गोइतले चार हजार ४७९ प्राप्त गरिन्।

यस्तै तेस्रोमा डा. दीपेन्द्र पाण्डेले चार हजार १५, चौथोमा डा. योभीन कुमार यादवले तीन हजार ६२८, पाँचौंमा डा. अस्मिता पोख्रेलले तीन हजार ४०४, छैटौंमा डा. सम्राट पराजुलीले तीन हजार २८२, सातौंमा डा. नीना राईले तीन हजार १११ र आठौंमा डा. रविन बस्नेतले तीन हजार ७२ मत ल्याएर विजयी भएका हुन्। 

आठ जना काउन्सिलका सदस्यको लागि ३३ जनाले उम्मेदवारी दिएका थिए। काउन्सिलको नयाँ कार्यसमितिको लागि पुस ४, ५ र ६ गते काठमाडौं उपत्यका बाहिर, पुस ११ मा धुलिखेल, पुस ११ र १२ मा काठमाडौं तथा ललितपुरको मतदान स्थलमा मतदान भएको थियो। पुस १३ देखि सुरु भएको मतगणना १५ गते सकिएपछि सोमबार अन्तिम मतपरिणाम सार्वजनिक गरिइएको हो।  

पुष १५, २०८२ मंगलबार १७:५४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।