रास्वपाको समानुपातिक सूचीमा युवा व्यवसायी सचिन ढकाल

रास्वपाको समानुपातिक सूचीमा युवा व्यवसायी सचिन ढकाल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा युवा उद्यमी सचिन ढकाल समेटिएका छन्। 

फुटबल क्लब चितवन (एफसी चितवन) का अध्यक्षसमेत रहेका ढकाललाई रास्वपाले खस आर्य समूहको दोस्रो नम्बरमा राखेको छ। उनी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन'को कोटाबाट समानुपातिक सूचिमा परेका हुन्।

खेलकुद, पर्यटन र हस्पिटालिटी क्षेत्रमा सक्रिय ढकालको व्यवस्थापनमा हाल ‘इला कम्फर्ट’ होटलहरू सञ्चालनमा रहेका छन्। सचिन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा हुन्।

रास्वपाले विभिन्न क्षेत्रका विज्ञ र युवा अनुहारहरूलाई प्राथमिकता दिने नीति अनुरूप नै ढकाललाई अगाडि सारेको बताइन्छ। रास्वपाले बालेन र कुलमान घिसिङको पार्टी उज्यालो नेपालसँगको सहमतिअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि ११० जनाको समानुपातिक उम्मेदवारको सूचीमा निर्वाचन आयोगमा बुझाएको छ।

पुष १५, २०८२ मंगलबार १५:४६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।