सुनको मूल्य एकैदिन ७ हजार ९ सयले घट्यो

सुनको मूल्य एकैदिन ७ हजार ९ सयले घट्यो

काठमाडौं : केही दिनयता लगातार उकालो लागिरहेको सुनचाँदीको मूल्यमा मंगलबार भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ हजार ९ सय रुपैयाँले घटेको हो।

सोमबार प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दु अर्थात् २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि ठूलो गिरावट आएको छ। आज चाँदी प्रतितोला ३ सय ५ रुपैयाँले घटेर ४ हजार ५ सय ९० रुपैयाँमा झरेको छ।

सोमबार चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

पुष १५, २०८२ मंगलबार ११:५५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।