नयाँ सिए विद्यार्थीलाई आइक्यानको अभिमुखीकरण
काठमाडौं : नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)ले ‘जुन २०२६’ ब्याचको फाउन्डेसन तहमा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि आइतबार काठमाडौंमा अभिमुखीकरण कार्यक्रम गरेको छ। नेपाल पुलिस क्लबमा आयोजित उक्त कार्यक्रममा करिब ४२५ विद्यार्थी सहभागी थिए।
कार्यक्रममा आइक्यानका अध्यक्ष सिए निलबहादुर सारु मगरले विद्यार्थीहरूलाई लेखा व्यवसायका नवीन परिवर्तन आत्मसात् गर्न शुभकामना दिए भने उपाध्यक्ष सिए आनन्दराज शर्मा वाग्लेले नयाँ जोशका साथ योग्य पेसाकर्मी बन्न जोड दिए।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर सिए महाप्रसाद अधिकारी, निवर्तमान अध्यक्ष सिए प्रवीणकुमार झा र क्याप-थ्री टपर सागर ज्ञवाली लगायतले आफ्नो सिए यात्रा र करियरका विविध आयामबारे प्रेरणादायी अनुभव साटेका थिए।
विद्यार्थीहरूलाई संस्थाको कार्यविधि र सिए शिक्षाबारे जानकारी दिनुका साथै कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरू समेत समावेश गरिएको थियो।
पुष १४, २०८२ सोमबार १६:३४:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।