बयानका लागि निवर्तमान गृहमन्त्री रमेश लेखक आयोगमा
काठमाडौं : तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक जेन-जी घटना छानबिन तथा जाँचबुझ आयोगमा बयान दिन सिंहदरबार पुगेका छन्।
गत भदौ २३ र २४ गते भएका घटना तथा तत्कालीन सरकारबाट भएका कारबाहीका विषयमा आयोगले पत्राचार गरेपछि उनी बयानका लागि उपस्थित भएका हुन्। बयान सकिएपछि नेता लेखकले पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ।
आयोगले यसअघि नै तत्कालीन सुरक्षा निकायका प्रमुखहरू र मुख्यसचिव लगायतसँग बयान लिइसकेको छ।
सरकारले भदौ २३ र २४ गते घटेका घटनाहरूको सत्य-तथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।
यसैबीच, आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री लेखकमाथि लगाएको स्थान हद (उपत्यका छाड्न नपाउने) र विदेश भ्रमणमाथिको प्रतिबन्ध अझै कायमै राखेको छ।
पुष १४, २०८२ सोमबार १३:४१:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।